एसईई परीक्षामा अब प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र सोधिने

Slc

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र सोधिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १० देखि देशभर सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र छपाई थालेको छ ।

जनक शिक्षा सामग्री केन्द्रको भक्तपुरस्थित सेक्युरिटी प्रेसमा सातवटै प्रदेशका लागि आवश्यक प्रश्नपत्र छपाइ थालिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । उनले प्रदेशमा सेक्युरिटी प्रेस नभएकाले प्रश्नपत्र केन्द्रमा नै छपाएर पठाउन लागिएको बताए ।

एकै स्तरका तर फरक–फरक सेटका प्रश्नपत्र निर्माण गरिएको पौडेलको भनाई छ । संघीय र प्रदेश सरकारको समन्वयमा एसईई परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...