संसद बैठकमा आज कर्मचारी समायोजन विधेयकको प्रतिवेदन पेस हुने

Samsad

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज दिउसो बस्ने भएको छ । दिउँसो तीन बजेपछि बस्नेगरी बोलाइएको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयले तयार पारेको संभावित कार्यसूची अनुसार बैठकको सुरुमा आज राज्य व्यवस्था समितिका सभापति शशि श्रेष्ठले “कर्मचारी समायोजन विधेयक सम्बन्धी सिमितिको प्रतिवेदन पेश गर्नेछन् ।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवा प्रस्तुत गर्नुहुने छ भने कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहित केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक छलफलका लागि पेस गर्नेछन् ।

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस