न्युनतम पारिश्रमीक कडाइका साथ लागू गर्छौ: सञ्चारमन्त्री बास्कोटा

Gokul dsqqbnyedf

सुर्खेत । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जग हालेको दिनमा घर नबन्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति कटाक्ष गरेका छन् ।

काँग्रेसले सरकारले केहि गर्न नसकेको टिप्पणी गर्दै आएकोप्रति कटाक्ष गर्दै उनले सरकारले अहिले देश बनाउनका लागि जग हालिसकेकाले धैर्य गर्न आग्रह गरे । सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलनलाई बुधबार उद्घाटन गर्दै मन्त्री बास्कोटाले भने, ‘बजेट आएको ६ महिना मात्र भएको छ । ६ महिनामा सबै काम हुन्छ त रु समय त लाग्छ नि १ जग हालैकै दिन घर त बन्दै न नि ।’

उनले प्रतिपक्षी काँग्रेसले अधिनायकवादी र बहुमतको दम्भ भन्ने शब्द वारम्बार प्रयोग गर्दै आइरहेको भएपनि सरकार कहिल्यै अधिनायकवादी नबनेको र नबन्ने पनि बताए । मन्त्री बास्कोटाले हरेक प्रदेशमा पचास लाखको दरले सञ्चार ग्राम बनाउन बजेट पठाइएको बताए । यसका साथै ज्येष्ठ पत्रकारलाई औषधिउपचारका लागि भएपनि पेन्सन दिने योजना सरकारले बनाएको बताए ।

त्यसकालागि साढे दश करोड बराबरको कोष बनाइने उनको भनाई छ । न्युनतम पारिश्रमीक कडाइका साथ लागू गर्ने बताएका मन्त्री वास्कोटाले भने, ‘हामी श्रमजीवि पत्रकारका र मिडिया मालिक दुवैका कुरा सुन्छौं । न्युनतम पारिश्रमीक कडाइका साथ लागु गरिन्छ ।’ उनले सय वाटसम्मको रेडियो सञ्चालनका लागि स्थानीय तह, एक हजार वाटसम्मको रेडियो सञ्चालनका प्रदेशले अनुमति दिन पाउने पनि बताए ।

उनले सुर्खेतमा आठ महिनामा फोरजी सेवा आउने पनि सो क्रममा जानकारी दिए । 

प्रतिकृया दिनुहोस