राप्रपा संयुक्तले बनायो सचिवालय र सञ्चार समिति

Rpp sanyukta pad bahali

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सचिवालय र केन्द्रिय सञ्चार समति गठन गरेको छ ।

माघ १८ मा राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादी एकता भई बनेको राप्रपा संयुक्तका अध्यक्षद्धयको पदवहाली भएसँगै सचिवालय र सञ्चार समिति बनाएको हो ।

राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले बुधबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा अध्यक्ष पदको पद बहाली गरेका थिए । 

राणा र लोहनीले सनातन हिन्दु राष्ट्र कामय गर्ने, सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाका रुपमा राजसंस्था सहितको प्रजातन्त्र, सबै निकायमा शक्तिको रुपानतरण, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई अंगिकार गर्ने भन्दै बुधबार अध्यक्षको पदवहाली गरेका थिए ।

पद वहाली भएसँगै बसेको बैठकले ध्रुवबहादुर प्रधान संयोजक रहेको सचिवालय बनाएको छ । सचिवालयमा भरतजंग उप्रेती, मीना शाही, बाबुराम बस्नेत र रामशरण पाठक सदस्य छन् ।

त्यसैगरी राजेन्द्र गुरुङ संयोजक रहेको केन्द्रिय सञ्चार समिति पनि गठन गरेको छ । जसमा किरण गिरी, जनकराज पाठक, सगुनसुन्दर लावती, सुदर्शन सिलवाल र रविन चाम्लिङलाई सदस्य बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...