‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकलाई प्रचण्डले गरे आहृवान

Prachanda janayuddha

काठमाडौं । नेकपाले आज फागुन १ गते तत्कालिन माओवादीले सुरु गरेको ‘जनयुद्ध’को सम्झना गर्दै औपचारिक रुपमा जनयुद्ध दिवस मनाएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्टहरुले संसारलाई नै आश्चर्य पार्ने काम गरिरहेको बताए । ‘जनयुद्ध, शान्ति सम्झौता, हतियार समायोजन, संविधान निर्माण र तीन तहको चुनाव सामान्य परिघटना नभएको भन्दै उनले भने, नेपालमा के हुँदैछ भनेर सांसरले तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नुपर्ने भएको छ ।’

उनले कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह) ले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गरे । अहिले दुबै मिलेर मदन भण्डारी स्मृति दिवसमा पार्टी एकता गर्नु र विद्रोह थालेको दिन देशभर मनाउनु दुई ऐतिहासिक परिघटना भएको उनको दाबी छ ।

हालले आफ्नो मन्तव्यको अधिकांश समय आफूहरुले नेपालमा विश्व कम्युनिष्ट इतिहासमै नयाँ प्रयोग गरेको विषयमा जोड दिएका थिए । जुन संसारका लागि पाठ भएको पनि उनको दावी थियो । तत्कालिन माओवादी र एमालेको एकता नयाँ र अरुले सोचे भन्दा पृथक प्रयोग भएको उनको ब्याख्या थियो ।

प्रचण्डले यसलाई बैचारिक र भावनात्मक एकता भएको पनि बताए । चुनावी गठबन्धन गर्दा नै धेरैलाई अकल्पनीय लागेको कुरालाई उनले अन्य शक्तिले सोचे भन्दा भिन्न किसिमले पार्टी एकता गराएको कुरा बाहिरी संसारका लागि नयाँ पाठ भएको बताएका थिए ।

जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता, सेना समायोजन जस्ता कुरा पनि नेपालमा नयाँ प्रयोग भएको उनको धारणा थियो । साथै आन्दोलनको उपलब्धिलाई संविधान निर्माण र तीनै तहका सरकार निर्माणको तहसम्म आइपुग्नु नयाँ प्रयोग भएको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले ‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकहरुलाई आहृवान गरे । नेत्रविक्रम चन्द विप्लव, मोहन बैद्य किरण लगायत नेताहरुले नेतृत्व गरिरहेका कम्युनिष्ट शक्तिहरुलाई लक्षित गर्दै आफूहरुसँग् समाहित हुन आग्रह गरेका थिए ।

उनले सबै कम्युनिष्ट मिलेर मात्रै समृद्धि र समाजवादको यात्रामा अघि बढ्नसक्ने भन्दै सँगै मिल्न पनि अपिल गरे । प्रतिक्रियावादी शक्तिहरु विरुद्धमा लागेको बेला समाजवाद तथा सहिदका सपना पूरा गर्न आफूहरु एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।

‘हिजो जनयुद्धमा सहभागी भएका सबै समूहका साथीलाई सबै भ्रम छोडेर एकचोटी नेपाललाई महान बनाउने काममा, योद्धाको सपना साकार पार्ने उद्देश्यमा आउन आग्रह गर्दछु’ उनले भने, ‘कम्युनिष्टहरुको काँधमा सबैभन्दा ठूलो जिम्मेवारी रहेकाले यही बाटोबाटै समाजवादमा अघि बढ्न सकिन्छ ।’

उनले प्रमुख विपक्षी कांग्रेसलाई विकास र समृद्धिको यात्रामा एक भएर अगाडि बढ्न आहृवान गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...