सरकारले राम्रा कामहरु गरिरहेको छ: सञ्चारमन्त्री बास्कोटा

Gokul baskota 24

काठमाडौं । सुचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले राम्रा कामहरु गरिरहेको भए पनि केही काम गर्न नसकेको भन्ने भ्रम फैलाउने काम भएको भन्दै गुनासो गरेका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभामा मन्त्री बास्कोटाले मिडियाले सरकारका राम्रा कामहरुबारे नलेखेको गुनासो पनि गरे । मिडियाले पनि राम्रा काम देखाउँदैनन् खाली नकारात्मक काममात्रै देखाउँछन् मन्त्री बास्कोटाले भने तर सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढेको छ ।

दुई तिहाई बहुमतको सरकारका कामबाट असन्तोष हुने अवस्था नरहेको भन्दै मन्त्री बास्कोटाले लोकतान्त्रिक प्रणालीमा सरकारले ड्याम, ड्याम काम गर्न भने नसक्ने बताए । प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई इंगित गर्दै उनले कम्युनिस्ट नामसँग नतर्सिन आग्रह गरे ।

मन्त्री बास्कोटाले लोकतन्त्र कसैको निजि सम्पति नरहेको बताए । सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि खतरा भएको, प्रेस स्वतन्त्रता हनन गर्न लागेको जस्ता अनेक हल्ला चलाइएको मन्त्री बास्कोटाको भनाइ थियो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...