भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद छैन: नेकपा महासचिब पौडेल

1512726551

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले भेनेजुएला प्रकरणमा अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको वक्तव्य दुवै अध्यक्षको सहमतिमा ड्राफ्ट भएको बताएका छन् ।

अध्यक्ष दाहालले जारी गरेको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेकाले अनावश्यक रुपमा उचालिरहनु जरुरी नभएको उनको भनाई छ ।

रुपन्देहीको मणिग्राममा रेडियो लुम्बिनीको २० औं साधारणसभा एवं दशौं अधिवेशनको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

महासचिव पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको दावीसमेत गरे ।

पार्टी अध्यक्ष दाहालले केही दिन अगाडि सरकारका काम कार्वाहीबारे उठाएकोमा प्रश्नमा संकेत गदै पौडेलले सरकार आफ्नो गतिमा अगाडि बढेकाले चिन्ता लिन आवश्यक नभएको बताए ।

शान्तिका नाममा धन्दा गर्न चाहनेहरुले पार्टीभित्र विवाद छ भनेर प्रचार गर्न खोजेको जिकिर गर्दै महासचिव पौडेलले त्यो प्रयास कुनै पनि हालतमा पूरा हुन नसक्ने बताए ।

मुलुकको विकासलाई तीव्रता दिन अव ठूला आयोजनाहरुको काममा ढिलाई गर्न नदिइने उनको भनाइ थियो । 

 

प्रतिकृया दिनुहोस