बिपी उद्यानमा अर्कैको नाममा पार्क निर्माण गर्न लागिएको भन्दै काँग्रेसको आपत्ति

Cong

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिपी उद्यानमा अर्कैको नाममा पार्क निर्माणका लागि शिलान्यास गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर काँग्रेसले आपत्ति जनाएको हो ।

काँग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका अस्पताल केन्द्रीय सरकारले मेट्ने प्रयास गरेको र प्रदेश सरकारले समेत बिपी पार्क अर्कैको नाममा शिलान्यास गरेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले बिपी कोइरालाका नाममा वीरगंजमा निर्माण गर्ने निश्चित भएको बिपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यासप्रति गम्भीर आपत्ती व्यक्त गरे ।

काँग्रेसले बिपीका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ सोही प्रयोजनका लागि जग्गा प्रबन्ध र सो जग्गा अन्य नाममा प्रयोग गर्न नमिल्ने प्रतिबन्धात्मक व्यवस्था भएपनि प्रदेश सरकारले दुरुपयोग गरेको दाबी गरेको छ । काँग्रेस प्रवक्ता शर्माले नेपाली राजनैतिक इतिहासका प्रिय राजनीतिज्ञ माथिको निषेधका रुपमा यो घटनालाई लिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...