समाजवादी कांग्रेस भन्छ, सरकार अलोकतान्त्रिक र स्वेच्छाचारी भयो

Samajbadi congres

काठमाडौं । नेपाल समाजवादी कांग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचार मुलुकको असफलताको कडि भएको टिप्पणी गरेको छ । उसले वर्तमान सरकार अलोकतान्त्रिक र स्वेच्छाचारी भएको आरोप पनि लगाएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजवादी कांग्रेसले नेपाललाई सिंगो अस्तित्वमा स्थापित गराउन नसके राज्य बिघटन हुने चेतावनी दिँदै स्वाधिनता र सार्वभौमिकताका संरक्षणका लागी राष्ट्रिय एकता आवश्यक रहेको जनाएको छ ।

संबैधानिक प्रजातन्त्र र हिन्दु राज्यको माग गर्दै आएको नेपाल समाजवादी कांग्रेसले संवैधानिक प्रजातन्त्र र हिन्दुराज्य स्थापना नभएसम्म आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ ।

सो पत्रकार सम्मेलनमा गोविन्द निरौलाले अध्यक्ष निरौलाले संघीयता र धर्म निरपेक्षताको खारेजीको माग गरे । धर्म निरपेक्षता र संघीयता आयातित मुद्दा भएकाले देशको अस्तित्व रक्षाका लागि समेत दुबैको खारेजी जरुरी रहेको जिकिर गरे ।

‘वर्तमान राजनीतिक संस्कार गलत छ, यस्तै परिपाटी रहिरहँदा देश नै संकटमा पर्छ’ उनले भने, ‘अब देशलाई बचाउने हो भने संघीयता र धर्म निरपेक्ष खारेज गर्नुको अर्काे विकल्प छैन ।’ उनले प्रजातन्त्र, समाजवाद र न्याय हराएकाले यसको खोजी गर्नुपर्ने अवस्था आएको बताए ।

संघीयताले समाज, सुरक्षा र भूगोलको विगठन गर्ने भन्दै पार्टीले आफूहरुका माग सरकारलाई सुनाउन पनि पत्रकार सम्मेलन गरेको जनाएको छ । ‘सरकारले हाम्रो आवाज सुनेन, ज्ञापनपत्र दिन खोज्दा पनि भेट पाएनौं र हुलाकबाट पठायौं’ अध्यक्ष निरौलाले भने, ‘अब यसरी नै हामीलाई बेबास्ता गर्दै जाने हो भने जस्तोसुकै आन्दोलन पनि गर्न तयार छौं ।’

सो पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष तथा वरिष्ठ नेता विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दू राज्य स्थापना गर्न आफ्नो पार्टीले निरन्तर संघर्ष गर्ने बताए ।

सो पत्रकार सम्मेलनमा पार्टीका सचिव मानबहादुर गुरुङ, केन्द्रिय सदस्य प्रकाश पाण्डे, युवा केन्द्र संयोजक कैलास चौलागाई, उपसंयोजक सोम पौडेले लगायतले सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल नगरेकाले आफुहरु आन्दोलनमा होमिन बाध्य भएको दावी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...