सरकारविरुद्ध विराेधका थप कार्यक्रम तय गर्न कांग्रेस केन्द्रीय समितिकाे बैठक बस्दै

Cong

काठमाडौं । सरकारविरुद्धका थप विरोधका कार्यक्रमबारे निर्णय लिन बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा सरकारी कदमको विरोधलाई कस्तो तरिकाबाट अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टीको अन्य आन्तरिक विषयवस्तुमा समेत छलफल हुनेछ। पुसमा सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषय पनि बैठकको एजेन्डा रहेको बताइएको छ।

महासमिति बैठकबाट पारित भएको पार्टी विधान, राजनीतिक तथा आर्थिक प्रस्ताव केन्द्रीय कार्यसमितिबाट परिमार्जनसहित जारी भएपश्चात् मात्रै लागू हुनेछ। बैठक दिउँसो एक बजे पार्टी कार्यालमा बस्नेछ ।

बैठकले नेविसंघको महाधिवेशनका विषयमा समेत निर्णय लिने बताइएको छ। नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमिति विघटन गर्ने वा महाधिवेशनका लागि थप समय दिने भन्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ। महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको ५ महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीका महामन्त्रीसहित ४५ भन्दा बढीले राजीनामा दिइसकेका छन्।

यसअघि राजनीतिक निर्णय भन्दै विधान विपरीत नेविसंघको महाधिवेशन गराउन थप समय दिइएको थियो। तर, थपिएको समयमा १६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको थियो।

नेविसंघको विधानमा महाधिवेशनका लागि एक पटकसम्म ३ महिना मात्र समय थप गर्न पाइने उल्लेख छ। तर, पहिलो पटक दिइएको ३ महिनाको समय सकिएर पुनस् थपिएको २ महिनामा पनि महाधिवेशन हुन सकेको थिएन। गत माघ १० गतेबाट नेविसंघ कामचलाउ हैसियतमा सीमित छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...