कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित

Pradesh 5

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

थप गरिएको समय सकिन लाग्दासमेत प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समिति, राय सुझाव लिन जिल्ला नगएको विरोधमा कांग्रेसले आज रोष्ट्रम घेराउ गरेको हो ।

सभामुख पूर्णबहादुर घर्तीले संसदको कार्य अगाडि बढाउन थाले लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले केही असहमति भएको बताएपछि सभामुख घर्तीले रोष्ट्रममै आएर आफ्ना कुरा राख्न समय दिएका थिए ।

उनले विशेष समिति गठन भएको अहिले छैठौं महिना चलिरहेको र अब पनि समितिले काम नथाले कामै सुरु नगरी म्याद सकिने भन्दै तत्काल काममा खटाउन माग गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...