पार्टी एकीकरण बारे नेकपाको कार्यदलले आज प्रतिवेदन बुझाउने

Uml

काठमाडौं । केन्द्रदेखि स्थानीय तहसम्मको पार्टी एकताको बारेमा अध्ययन गर्न गठित नेकपाको कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ । आज बस्ने बैठकमा प्रतिवेदन बुझाउन हिजोको सचिवालय बैठकबाट निर्देशन दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

कार्यदलको कार्यप्रगति विवरणसहित प्रतिवेदन बुझाएपछि त्यस बारेमा छलफल गरिने उनको भनाइ छ । साङ्गठनिक एकीकरणको कार्यभार पूरा गर्न भन्दै सुझाव प्रतिवेदन पेस गर्न नेकपाको स्थायी कमिटी बैठकले कार्यदल बनाएको थियो । नेकपाले भेनेजुएलाको राजनीतिक घटनाक्रमप्रति आफ्नो पार्टीले गरेको टिप्पणी भने सही भएको अडान दोहो¥याएको छ ।

हिजोको सचिवालय बैठकले भेनेजुएलामा जारी संकटप्रति पार्टीको दृष्टिकोण प्रष्ट भएको भन्दै त्यसमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...