आज कांग्रेसले सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने

Nepali congress bilding

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन कांग्रेसले सबै जिल्लाको तयारी पूरा गरेको जनाएको छ ।

७७ वटै जिल्लामा एकैपटक गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन केन्द्रीय सदस्यहरुलाई पनि सबै जिल्लामा खटाएको छ ।

कांग्रेसले विरोध प्रदर्शन महँगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयविरुद्ध भएको बताउँदै वाइडबडी जहाज खरिदमा भएको अर्बौंको घोटालाबारे गम्भीर ढंगले गहिरो छानविन गर्न पनि माग गर्ने भएको छ ।

वाइडबडी भ्रष्टाचार प्रकरणमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि संलग्न रहेकाले कांग्रेसले यो मुद्दा उठाउन छोड्यो भनी सत्तापक्षका कार्यकर्ताले आलोचना गरिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारी जो भए पनि कारबाही हुनुपर्ने भन्दै गम्भीर रुपमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

विरोध प्रदर्शनमा नेपाल देश आफैंले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर के रहस्य लुकेको छ भन्ने बारेमा पनि कांग्रेसले आवाज उठाउने भएको छ ।

निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रियामा भएको ढिलासुस्तीका बारेमा आजको विरोध प्रदर्शनमा आवाज उठाउने छ । विमानस्थल निर्माणका लागि आवश्यकताभन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी छिटोभन्दा छिटो निजगढ विमानस्थल बनाउने पक्षमा कांग्रेस उभिएको छ ।

कांग्रेसले देशव्यापी विरोध प्रदर्शनमा ३३ किलो सुन काण्डमा ‘ठुला माछा’ हरु सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन ? भन्ने बारेमा पनि प्रश्न सोध्ने भएको छ ।

देशव्यापी विरोध प्रदर्शनमा प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कारबाहीका लागि दबाब सृजना गरिने पनि कांग्रेसले जनाएको छ । साथै संघीयता कार्यान्वयनका बाँकी कार्यभार पूरा गर्न भइरहेको ढिलाइले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न उब्जिएको कांग्रसको ठहर छ ।

कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिविना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तीका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्पराविपरीतको भएको भन्दै असहमति जनाउँदै आएको छ ।

कांग्रेसले देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...