कमल थापा भन्छन्, सरकार बिखण्डनकारीको अगाडि लाचार बन्यो

Kamal thapa 20

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार बिखण्डनकारीको अगाडि लाचार भएको आरोप लगाएको छ ।

आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा ४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले सरकार बिखण्डनकारीको फन्दामा परेको आरोप लगाएका हुन् ।

राष्ट्रवादको चर्को नारा दिएर सत्तारोहण भएको वर्तमान सरकार बिखण्डनकारीको अगाडि किन लाचार बन्यो रहस्यमय बसेको उनको आरोप छ । सरकारले जनतामा परिवर्तनको अनुभुति दिन नसकेको थापाले बताए । अहिले केपी ओली नेतृत्वको सरकारलाई संसदमा दुईतिहाई बहुमतको समर्थन प्राप्त भएपनि संसदिय अंकगणितमा बलियो देखिएता पनि यो सरकारले आमजनतालाई परिवर्तनको अनुभूति दिन नसकेको उनले बताए ।

‘अहिले लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र चलिरहेको छ’ अध्यक्ष थापाले भने, ‘नेपाल वायुसेवा निगमको वाईडबडि जहाज खरिद काण्ड, एनसेलको करछली, सुन काण्ड, बुढिगण्डकी जलबिद्युत काण्डहरु विगत केही बर्षदेखि मौलाउँदै गइरहेको छ । यो ब्रम्हलुटका केही नमुनाहरु हेरे पुग्छ ।’

उनले राष्ट्रिय सुरक्षाका सम्बन्धमा समेत संभावित खतराका कालो बादल छिटफुट रुपमा देखिन थालेको भन्दै वर्तमान सरकारको असफलताको पृष्ठभूमीमा निकट भविष्यमा नै राजनीतिक अस्थिरता र अरजाकताको अर्को श्रृंखला शुरु हुने संकेतहरु देखापरेको बताए । देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने क्रममा समान बिचारधारा भएका राजनीतिक दलहरुसँग एकता कायम गर्ने प्रयास जारी रहने र पार्टीको एकता महाधिवेशनको म्याण्डेट अन्य दलहरुसँगको एकताको आधार हुने उनले बताए ।

राप्रपाले केन्द्रीय परिषदको म्याण्डेटअनुसार राप्रपाले संगठन निर्माण, जनपरिचालन, पार्टी एकता र जनसंघर्षको कार्यनीतिलाई आगामी दिनहरुमा अझ प्रभावकारी र सशक्त ढंगबाट अघि बढाउने समेत जनाएको छ ।

संगठन निर्माण, हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण अभियान, राष्ट्रिय स्वाभिमान यात्रा जस्ता कार्यक्रमहरुको कार्यान्वनले आगामी फागुन ७ गतेबाट शुरु गरिने जनसंघर्षलाई शसक्त ढंगले अघि बढाउने अध्यक्ष थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...