दुई राप्रपा एक भएर बन्यो राप्रपा संयुक्त, राणा र लोहनी दुबै अध्यक्ष

Rpp yekata ghosana

काठमाडौं । पार्टीभित्र तीव्र असन्तुष्टि भइरहे पनि दुई वटा राप्रपा एक भएका छन् । पशुपति समशेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एराप्रपा राष्ट्रवादी औपचारिक रुपमा शुक्रबारदेखि एक भएका छन् ।

२०७३ फागुन ६ मा राप्रपा नेपाल र राप्रपा एकता भएर राप्रपा बनेको थियो । तर, एकता महाधिवेसन हुँदा कमल थापा अध्यक्ष बनेपछि डा. प्रकाशचन्द्र लोहनी असन्तुष्ट बनेका थिए । एकता महाधिवेसन भएको एक महिनापछि अर्थात् चैत १६ मा डा. प्रकाशचन्द्र लोहनीले ेएकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टी गठन गरेका थिए ।

यता एकतापछि सुस्त बनेको पशुपति समशेर राणा खेमा मौन बसेको थियो । मौन बसिरहेकै समयमा सरकारमा सहभागीताको विषयलाई लिएर राणाले २०७४ भदौं २२ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बनाएका थिए ।

दुई पार्टी गठन भएको छोटो समयमै फेरि एक भएका छन् । राणा र लोहनीको पार्टीमा हैसियत बराबर रहनेगरी एकतापछिको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बनेको छ ।

हामी एक भयौं : अध्यक्षद्धय
दुई पार्टीबीच एकता घोषणासभा निक्कै तामझाम थियो । लामो समयपछि एउटै पार्टी बनेका बारण नेताहरुको अनुहारमा निक्कै चमक थियो ।

दुई पार्टी एक भएको घोषणा गर्दा दुवै पार्टीका नेताहरुले नयाँ एक भएको घोषणा गरे । घोषणा सभामा पार्टीका अध्यक्षद्धय राणा र लोहनीले अब कहिले नफुट्ने प्रतिवद्धता जनाएका थिए ।

अध्यक्षाद्धयले अब आफूहरू राप्रपा विचारधाराको संस्थापन पक्ष भएको दावी गरे । घोषणासभामा राणाले भने, ‘यो एकताको सुरूवात मात्र हो अन्य भंगालो आएर हामी विशाल महाकाली बन्छौं ।’

अर्का अध्यक्ष डा. लोहनीले भने, ‘पार्टी एक भएको छ, अब यो पार्टी देशकै बैकल्पिक शक्ति बन्छ । हामी अबको बाटो त्यही हुनेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...