दुई राप्रपाबीचको एकता आज घोषणा हुँदै

Lohani ranaekta


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच आज पार्टी एकताको घोषणा हुँदै छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिजो सहमति पत्रमा हस्ताक्षर गरेपछि दुवै पार्टीबीच एकताको टुंगो लागेको हो ।

राजधानीको राष्ट्रिय सभागृहमा आज एकताको घोषणा हुने राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार दुवै राप्रपाबीचको एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहने सहमति भएको छ । दुई पार्टीबीचको एकता पछि पार्टीको चुनाव चिह्न हलो रहने र दुवै जना अध्यक्ष रहने गरी सहमति भएको छ ।

एकतापछि दुवै अध्यक्षको सहमतिमा कार्यसम्पादन समिति र निर्देशन समिति बन्ने सहमतिसमेत भएको छ । तर, सो समितिमा कति सदस्य रहने र को–को रहने भन्नेबारे दुवै अध्यक्षको सहमतिमा पछि निर्णय गर्ने बताइएको छ । यस्तै, केन्द्रीय समितिमा रहने सदस्यहरूको समेत दुई नेताले नै अन्तिम टुंगो लगाउनेगरी हिजो सहमति भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...