नेकपाका नेता नेपाल लाओस प्रस्थान

Madhab nepal

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस गएका छन् ।

लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बुधबार राति लाओस जानुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

प्रतिनिधिमण्डलमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, विष्णु रिजाल र अलि अख्तर छन् ।

नेकपा र रिभोलुसनरी पार्टी तथा नेपाल र लाओस दुई देशबीच सम्बन्ध सुधार गर्ने विषयमा उनीहरुबीच छलफल हुने स्वकीय सचिव गौतमले बताए । उनीहरु यही माघ २२ गते स्वदेश फर्कनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...