कांग्रेसले आज पनि संसद अवरुद्ध गर्ने

Sansag abbarudda

काठमाडौं । नेपाली कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरोध गर्ने भएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभएकाले सदन सञ्चालनको वातावरण नबनेको बताए ।

‘सरकार संवेदनशील भएन गम्भीर भएन भने आजको बैठक पनि अगाडि बढाउन सक्ने अवस्था हुन्न, हाम्रो तर्फबाट अवरुद्ध गर्छौ’ उनले भने । बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

 


चिकित्सा शिक्षाजस्तो महत्वपूर्ण विधेयक संसद अवरुद्ध भएका बेला पारित गरिनु, डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नहुनु र सभामुखको संसद सञ्चालन गर्ने प्रक्रियामा विरोध जनाउँदै कांग्रेसले संसद अवरुद्ध गर्न लागेको खाँडले बताए ।

प्रतिनिधिसभामा अधिकतम शक्ति प्रयोग गरेर विधेयक पारित गरेकाले त्यसको विरोध राष्ट्रियसभामा पनि हुने उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...