राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने राष्ट्रिय सभाको तयारी

Samsad

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट आजै पारित गर्ने तयारी गरेको छ ।

दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको सम्भावित कार्यसुचीको पहिलो नम्बरमा नै सो विधेयक पारित गर्ने कार्यसूची छ । विधेयकमाथिको दफावार छलफल सदनमा नै गरेर पारित गर्ने तयारी रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

आज मध्यान्ह १२ बजेसम्म विधेयकमाथि संसोधन दर्ता गर्ने समयावधी दिइएको छ । हिजोसम्म संघीय समाजवादी फोरमका वृषेशचन्द्र लालले मात्र संशोधन दर्ता गराएका छन् । सत्तारुढ दलका सांसदले भने सो विधेयकमा संशोधन दर्ता नगर्ने यसअघि नै बताइसकेका छन् ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा। गोविन्द केसीसँग भएका सहमति विधेयकमा नसमेटिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसदका दुबै सदनमा विरोध गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद नै गत शुक्रबार प्रतिनिधि सभाबाट सो विधेयक पारित भएर राष्ट्रिय सभामा आएको हो ।

प्रमुख प्रतिपक्षीको विरोध र सदनलाई सुचारु गर्ने विषयमा राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक विहान ११ बजेका लागि बोलाइएको छ । यस्तै राष्ट्रिय सभाको आजको बैठकमा जेष्ठ नागरिक सम्वन्धी पहिलो संसोधन विधेयक र विज्ञापन नियमन गर्ने विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।

प्रतिनिधि सभाबाट सन्देश सहित आएका निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फस्र्यौट विधेयक र नागरिक लगानी कोष दोस्रो संसोधन विपधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची पनि सचिवालयले तय गरेको छ ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रारष्ट्रिय व्यापार नियन्त्रण पहिलो संसोधन विधेयकमा प्रतिनिधि सभामा भएको संसोधनमाथि पनि छलफल हुने सचिवालयका सहपूवक्ता अर्यालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...