यहि माघ २१ गतेको देशव्यापी प्रदर्शन कांग्रेसले नरोक्ने, अझैँ सशक्त बनाइँदै

Bishwa

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध माघ २१ गते गर्न लागेको देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन तयारीलाई तीव्रता दिएको छ।

आफ्ना दुई पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको स्वास्थ्य संस्थालाई संघअन्तर्गत नै राख्ने निर्णय गरेपछि कांग्रेसको आन्दोलन फितलो हुने सत्ता पक्षले आकलन गरिरहेका बेला कांग्रेसले विरोध प्रदर्शनलाई थप प्रभावकारी बनाउने गरी तयारी तीव्र पारेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी माघ २१ को देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउनका लागि ७७ वटै जिल्लामा तयारी भइरहेको जानकारी दिएका हुन् ।

अनशनरत डाक्टर गोविन्द केसीको मागप्रति सरकार संवेदनशील नभएको भन्दै विरोध गर्दै आएको कांग्रेसले आफ्ना दुई पूर्वसभापतिहरूको नाममा रहेको स्वास्थ्य संस्था जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई सरकारले नामेट गर्ने दुष्प्रयास गरेको भन्दै सदनसमेत अवरुद्ध बनाउँदै आएको थियो। देशव्यापी विरोध कार्यक्रमको तयारी गरिरहेको कांग्रेसले सदन अवरुद्ध गर्ने कि नगर्ने भन्ने बारेमा भने निर्णय लिइसकेको छैन।

माघ २१ को देशव्यापी विरोध प्रदर्शन महँगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयविरुद्ध भएको बताउँदै आएको कांग्रेसले वाइडबडी जहाज खरिदमा भएको अर्बौंको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानबिन गर्न संसद्मा र सार्वजनिकरूपमा आवाज उठाउँदै आएको भन्दै प्रवक्ता शर्माले माघ २१ को विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब सृजना गरिने बताए ।

वाइडबडी भ्रष्टाचार प्रकरणमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि संलग्नता रहेकाले कांग्रेसले यो मुद्धा उठाउन छोड्यो भनी सत्तापक्षका कार्यकर्ताले आलोचना गरिहेका बेला कांग्रेस प्रवक्ता शर्मा भ्रष्टाचारी जो भए पनि कारबाही हुनुपर्ने भन्दै गम्भीररूपमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउछन्।

माघ २१ को विरोध प्रदर्शनमा नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बूढीगण्डकी बहुउद्देश्यीय परियोजना बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछाडि रहस्य लुकेको छ भन्ने बारेमा आवाज उठाउने उनले बताए ।

निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रियामा भएको ढिलासुस्तीका बारेमा पनि माघ २१ गते सशक्त आवाज उठाउने भन्दै प्रवक्ता शर्माले आवश्यकताभन्दा दोब्बर बढी रूख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी कांग्रेस छिटोभन्दा छिटो निजगढ विमानस्थल बनाउने पक्षमा रहेको बताए ।

कांग्रेसले देशव्यापी विरोध प्रदर्शनमा ३३ किलो सुन काण्डमा ‘ठूला माछा’हरू सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरूपका ती ठूला माछा को हुन् र सरकारले तिनलाई किन पक्राउ गरिरहेको छैन भन्ने बारेमा पनि प्रश्न सोध्ने भएको छ।

देशव्यापी विरोध प्रदर्शनमा प्रदेश ५ मा प्रदेशसभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कारबाहीका लागि दबाब सृजना गरिने पनि कांग्रेसले जनाएको छ।

साथै संघीयता कार्यान्वयनका बाँकी कार्यभार पूरा गर्न भइरहेको ढिलाइले समग्र सत्ताको नियतमाथि गम्भीर प्रश्न उब्जिएको भन्दै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कम्युनिस्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा जो देखिएको छ र विरोध प्रदर्शनमा यो मुद्धा समेटिने समेत जानकारी दिए ।

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले दुष्प्रयास गरेको भन्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले अब सदनमा के गर्छ भन्ने प्रश्नमा प्रवक्ता शर्मा भन्नुहुन्छ– ‘सरकारले आफ्नो गल्ती सच्याएको भन्ने विवरण सञ्चार माध्यममा आएको छ। यस बारेमा पार्टीलाई औपचारिक जानकारी प्राप्त भएको छैन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...