आफूले राखेको मागमा सरकार गम्भीर नभएको भन्दै अवरोध जारी राख्ने कांग्रेसको अडान

Kangresss

काठमाडौँ । आफूले राखेको मागका विषयमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले संसद् अवरोध जारी राख्ने अडान यथावत राखेको छ ।

संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बुधबार बसेको बैठकमा कांग्रेसले अवरोध गर्ने अडान राखेको हो ।


कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले आफूहरुको माग पूरा गर्न सरकार गम्भीर नभएकोले सदनको संघर्ष कायम राख्ने विषय बैठकमा राखेको बताइन् ।

‘प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्दा धरपकड भएको र अन्य माग पूरा भएको छैन’, भुसालले भनिन्, ’यस विषयमा सरकार र सभामुख गम्भीर देखिएनन् । भोलि १२ बजे बस्ने पार्टी संसदीय दलको बैठकले संसद्को आन्दोलनबारे निष्कर्ष निकाल्नेछ ।’ उनले पार्टी बैठकपछि सभामुख कृष्णबहादुर महरासँग छलफल गरिने पनि बताइन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसोलाई बोलाइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका दुई अस्पताल संघीय सरकार मातहत रहने निर्णय गरिसकेको छ ।

तर, भुसालले आफ्ना नेताका नाममा रहेका अस्पतालहरुलाई केन्द्रमा राख्ने निर्णय गर्नु सरकारले गल्ती सच्याएको टिप्पणी गरिन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसलेबहुमतको बलमा सरकारले चिकित्सा विधेयकपारित गरेको, आफ्नो इतिहास मेट्ने कोसिस गरेको जस्ता माग राखी पटक पटक सदन अवरुद्ध पार्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...