सरकारविरुद्ध उत्रियो कांग्रेस, ७७ जिल्लामा प्रदर्शन गर्ने

Nepali congress

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले खबरदारी गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायतका विषयप्रति पनि आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्दै आएको छ । कांग्रेसले व्यक्तिको स्वतन्त्रताको हकलाई समेत प्रधानमन्त्री ओलीले सम्मान गर्न नसकेको आरोप लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा विधेयकमा केही व्यक्तिको असन्तुष्टि भन्दै डा. केसीप्रति इंगित गर्दै दिएको जवाफ गैर जिम्मेवार भएको टिप्पणी गरेको छ । सो बैठकले आमरण अनसनरत डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...