नाराबाजी गर्दै नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

Pm oli ko putla 1 e1542038393180 874x500

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नाराबाजी गर्दै नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहानै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

कांग्रेसको विरोधकाबीच पनि चिकित्सा शिक्षा विधेयक शुक्रबार संसदबाट पारित गरिएको थियो । यसको विरोधमा कांग्रेसले आन्दोलनको तयारी गरिरहँदा नेविसंघले काठमाडौँको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरी प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्ताले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...