कांग्रेस कार्यसमितिको बैठक आज बस्ने, छलफलका विषय यस्ता छन्

Congees

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भातृसंगठन नेपाल विद्यार्थी संघलाई आज विघटन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने केन्द्रिय कार्यसमिति बैठकले कार्यकाल सकिएको नेविसंघलाई विघटन गर्न लागेको हो ।

भदौ २ गतेमा कार्यकाल सकिएको वर्तमान कार्यसमितिलाई दुई पटक गरी पाँच महिना अवधि थपिएको थियो । नेविसंघले थपिएको अवधिमा १२ औँ महाधिवेशन गर्न नसकेपछि कांग्रेसले नयाँ बाटो खुल्ला गर्न लागेको हो । केन्द्रीय समिति बैठकले नेविसंघको महाधिवेशन गर्न तदर्थ समिति बनाउने वा महाधिवेशन आयोजक समिति बनाउने भन्नेमा छलफल गर्नेछ ।

आयोजक समिति बनाउँदा महाधिवेशन गर्न सहज हुने र विवाद समाधान हुने भएकाले सोही बिषयमा छलफलको तयारी रहेको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । वर्तमान सरकार प्रति रुष्ट बनेको कांग्रेसले आफ्ना भातृ संगठनलाई सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिने भएको छ ।

बैठकमा सरकारका कामकारबाही प्रति पार्टीले गर्ने विरोधका कार्यक्रम पनि सार्वजनिक हुने नेता विश्वकर्माले बताए । महासमितिबाट पारित संशोधित विधानका बिषयमा समेत बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...