नयाँ शक्तिले मध्यपहाडी लोकमार्गमा एक महिने ‘जनसंवाद यात्रा’ थाल्दै

Ibidspfo5kemw2qbcnu4

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले आगामी मंगलबारदेखि मध्यपहाडी लोकमार्गमा ‘जनसंवाद यात्रा’ अभियान सन्चालन गर्ने भएको छ ।

शनिबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गरी नयाँ शक्तिले ‘असल राजनीति र समावेशी विकास’का लागि भन्दै जनसंवाद यात्रा सन्चालन गर्न लागेको जनाएको हो ।

एकमहिने जनसंवाद यात्रा मध्यपहाडी लोकमार्गअन्तर्गत् पाँचथरको चिवा भञ्ज्याङदेखि सुरु भएर पश्चिममा बैतडीको झुलाघाट पुगी टुंगिनेछ ।

पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले असल राजनीति, विकास र समृद्धिको यात्रालाई प्रभावकारी बनाउन जनतासँगै संवाद गरेर सुझाव लिन अभियान सन्चालन गर्न लागिएको जानकारी दिए ।

डा। भट्टराईले लोकतन्त्रलाई अझै समृद्ध बनाउन पनि अभियानले सहयोग पुर्‍याउने दाबी गरे ।

अभियानमा पार्टी संयोजक डा. भट्टराईको नेतृत्वमा पार्टी हेडक्वार्टरका नेताहरु, सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेसागत संगठनका नेताहरु सहभागी हुने जनाइएको छ ।

अभियानकाक्रममा जनताले दिएका सुझाव संघीय सरकार र प्रदेश सरकारलाई पनि जानकारी गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...