तरुण दलद्वारा सरकार विरुद्ध बुटवलमा प्रदर्शन

Tarun dal photo btl 26012019045300 600x0

रूपन्देही । प्रतिपक्षीको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट बहुमतले पारित भएपछि नेपाल तरुण दलले आज रूपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

हिजो साँझ देखि नै बुटवलका मुख्य सडक र चोकमा राँके जुलुस प्रदर्शन गरेको तरुण दलले आज प्रदेश ५ का सबै जिल्लाका तरुण नेता सहित बुटवलको चौराहामा विरोध सभा गरेको हो ।

बुटवलका ट्राफिक चोकबाट सुरु भएको विरोध र्‍याली चौराहामा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले सरकार अधिनायकवादी बनेको बताए ।

देशभरका तरुण रहरले नभई बाध्यताले सडकमा उत्रिएको अध्यक्ष बस्नेतको दाबी थियो । बलात्कारीको संरक्षण गर्ने, भ्रष्टाचारी जन्माउने र महंगीको मारमा नेपाली जनतालाई पिल्साउने सरकार धेरै दिन अब नटिक्ने उहाँले बताए ।

त्यस्तै, रूपन्देही तरुण दलको नेतृत्वमा बुटवलमा भएको विरोध सभामा प्रदेश ५ का अधिकांश जिल्लाका जिल्ला नेता सहभागी भएका थिए । जिल्ला अध्यक्ष सोमबहादुर गुरुङले कम्युनिष्ट सरकारको विरुद्धमा दैनिक विरोधका कार्यक्रम सञ्चालन गर्ने बताए ।

बाँकेको सुशिल कोइराला क्यान्सर अस्पताल र तनहुँको जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई संघ मातहत नराखेपछि आक्रोसित बनेको कांग्रेसले विधेयक पारित भएसँगै देशभर विरोध सुरु गरेको हो ।

नेपाली कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले सरकारले विधेयक पारित गरेको दिन माघ ११ लाई कांग्रेसले कालो दिनको रुपमा चित्रण गरिने बताउँदै त्यस्ता कामको सधै विरोध गरिरहने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...