संसदमा आज भएको घटनाले सरकार हिटलर शैलीमा अगाडि बढ्न खोजेको संकेत मिल्यो: कांग्रेस

Press

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रवार संसदमा भएको घटनालाई सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि आमन्त्रण गरेको रुपमा बुझेको बताएको छ ।

शुक्रवार संसदमा भएको घटनाले सरकार हिटलर शैलीमा अगाडि बढ्न खोजेको संकेत मिलेको कांग्रेसको टिप्पणी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार साँझ पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बलजफ्ती ढंगले विवेकलाई निलम्बन गरेर संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरिएको आरोप लगाएका हुन् । सरकारको बलजफ्तीबाट प्रधानमन्त्रीप्रति नागरिकको विश्वासमा ह्रास आएको उनले दावी गरे ।

‘धैर्यताले छुनुपर्ने उचाइलाई छोएको छ, हाम्रो सालिनतालाई कमजोर नठानियोस्, प्रतिपक्षको एक अपिलले मुलुक ठप्प हुन्छ,’ प्रवक्ता शर्माले भने । उनले कांग्रेसको शालिनताका कारण संसदमा ठूलो घटना नभएको दावी गरे । 

‘यदि आज कम्युनिस्ट पार्टी प्रतिपक्षमा रहेको भए संसदमा कतिथान कुर्सी भाँचिन्थे होला ?’ प्रवक्ता शर्माले भने । संसदमा सरकारको प्रस्तुतीका कारण सतर्क हुनुपर्ने अवस्था आएको उनले बताए । 

‘बहुमत त हिटलरसँग पनि थियो, हिटलरले विवेक गुमाएका कारण इतिहास बन्यो,’ शर्माले भने । उनले १३ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्ने बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...