चिकित्सा शिक्षा विधेयक ‘जबर्जस्ती’ पास गरेको विरोधमा नेविसंघकाे राँके जुलुस

Nebi

काठमाडौं । चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पास गरेको विरोधमा नेपाल विद्यार्थी संघले आज काठमाडौंमा राँके जुलुस निकालेको छ। काठमाडौंको बबरमहलबाट निस्केको जुलुस नयाँ बानेश्वरतर्फ अगाडि बढेकोमा प्रहरीले धरपकड गरेको नेवि संघ नेता सशांक श्री न्योपानेले बताए।

‘बबरमहलबाट अघि बढेको जुलुसलाई केही समयपछि नै प्रहरीले धरपकड गरेको थियो। तर प्रहरीको धरपकड रहेपनि नेविसंघका कोही पनि नेताकार्यकर्ताहरु गिरफ्तारीमा परेका छैनन्’, न्यौपानेले भने।

सरकारले जबरर्जस्ती विधेयक पारित गरेको भन्दै संघले तत्काल विधेयक संशाेधन गर्न समेत माग गरेको छ। नेविसंघले अनसनरत डा गोविन्द केसीको मागलाई पनि तत्काल सम्बोधन गर्न सरकारलाई अनुरोध गरेको छ।

आजै डा केसीको मागमा समर्थनमा नयाँ बानेश्वर क्षेत्रमा नेविसंघले निकालेको र्‍यालीमा समेत प्रहरीले धरपकड गर्दै दर्जन बढी नेता–कार्यकर्ता पक्राउ गरेको थियो। प्रहरीले नियन्त्रणमा लिएका सबै नेता–कार्यकर्तालाई भने रिहा गरिसकेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...