कांग्रेसको नारावाजीले आज पनि संसद बैठक अवरुद्ध

Aa abaru

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध पारेको छ ।

कांग्रेसको अवरोधका कारण संसदको कार्यसूचीमा रहेको चिकित्सा शिक्षा विधेयक पारित गर्ने काम आज पनि अलमलमा परेको छ ।

संसद सञ्चालन गर्ने विषयमा संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति हुन नसकेपछि संसद बैठक सुरु भएको हो ।

बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस नेतृ पुष्पा भुषाललाई बोल्ने अनुमति दिएका थिए ।

भुषालले आफ्नो पूर्व सभापतिहरुको नाम जोडिएको स्वास्थ्य संस्था संघीय सरकार मातहतमा नराखेको भन्दै निर्णय नसच्चाएसम्म बैठक अघि बढ्न नसक्ने बताए ।

भुषालले आफ्नो भनाइ राखेसँगै कांग्रेस सांसदहरु आसनबाट उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

सभामुख कृष्ण बहादुर महराले बैठक अवरुद्ध नगराउन र सदनको कारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...