चिकित्सा विधेयक पारित गर्ने कोसिस हुने सभामुख महराको भनाइ

Krishna bahadur mahara

काठमाडौं । सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गर्न शान्तिपूर्ण तरिकाले कोसिस गर्ने बताएका छन् । आज सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै उहाँले भोलि बस्ने संसद बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न पहल गर्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना नेताको नाममा खुलेका अस्पताल केन्द्र सरकार मातहत नराखेको विरोधमा संसद अवरुद्ध गर्दै आएको बेला सभामुखले यस्तो बताएका हुन । सभामुख महराले अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलग अलग भएकाले काँग्रेसले संसद अवरुद्ध गर्न आवश्यक नभएको बताए ।

सरकारले चिकित्सा शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने भनिरहेको भन्दै महराले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्ने बताए । सभामुख महराले काँग्रेसलाई मर्यादित भएर संसदीय व्यवस्था अवलम्बन गर्न पनि आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...