कांग्रेस केन्द्रिय समिति बैठक बिहीबार बस्दै

Nepali congress

काठमाडौं । लगातार संसद बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बसने भएको छ ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एजेण्डा तय गर्नुका साथै महासमितिबाट पारित हुन बाँकी रहेको विधानलाई अनुमोदन गर्ने गरी बिहीबार केन्द्रिय समितिको बैठक बस्न लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विधानमा केन्द्रीय सदस्यहरु महाधिवेशनमा प्रतिनिधि बन्दा बुथबाटै निर्वाचित हुनुपर्ने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए । सो विषय केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने प्रतिबद्धता पार्टी सभापति शेरबहादुर देउवाले जनाएपछि महासमिति बैठक सकिएको थियो ।

विकसित पछिल्ला राजनीतिक घटनाक्रमहरुबारे केन्द्रीय समिति बैठकमा एजेण्डा तय गर्न बुधबार सभापति देउवा निवासमा नेताहरुको बैठक बसेको थियो । बैठकले कार्यकाल सकिएको नेविसंघको कार्यकाल बढाउने वा तदर्थ समितिमा जाने विषयमा पनि धारणा बनाउने बताइएको छ ।

बिहीबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले आगामी दिनमा संसदमा खेल्ने भूमिका, डा. केसीको सत्याग्रह लगायतका विषयमा पनि आधिकारिक धारणा र कार्यक्रम तय गर्ने प्रवत्ता शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस