भरतपुरमा १३ अर्ब राजश्व संकलन

Rajjasso

रत्ननगर । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रु १३ अर्ब ४० करोड ५८ लाख ९५ हजार राजश्व संकलन गरेको छ ।

यो लक्ष्यको तुलनामा रु चार अर्ब चार करोड ६१ लाख ४६ हजार बढी हो । उक्त अवधिमा कार्यालयले रु ११ अर्ब ७३ करोड ७३ लाख ६२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

‘अन्तःशुल्कको दरमा वृद्धि र वियरजन्य वस्तुको बढी उत्पादनले राजश्वमा उल्लेखनीय वृद्धि भएको छ’, कार्यालयका प्रमुख कर अधिकृत सुुवप्रसाद रिजालले भने, ‘व्यवसाय दर्तामा कडाइ गरेका छाँै, बक्यौता राख्ने करदातालाई निरन्तर तोकेता गर्ने काम भइरहेको छ ।’

कार्यालयले सो अवधिमा अन्तःशुल्कतर्फ रु सात अर्ब ८८ करोड ३६ लाख ५८ हजार असुली गरेको छ । तीमध्ये सबैभन्दा बढी गोर्खा ब्रुअरीले पाँच अर्ब ७६ करोड ३८ लाख १५ हजार, सिजी ब्रुअरीले एक अर्ब ६५ करोड ६४ लाख ४३ हजार, यति बु्रअरीले क अर्ब ४४ करोड १८ लाख पाँच हजार र यति डिष्टिलरीले रु ८५ करोड १४ लाख २० हजार बुझाएका छन् ।

उक्त अवधिमा चार हजार ६०० नयाँ व्यवसायी थपिएको कार्यालयका कर अधिकृत त्रिविक्रम तिमिल्सेनाले जानकारी दिए । चितवन र नवलपुर जिल्लागरी ५१ हजार ६०० करदाता कार्यालयमा दर्ता भएका छन् ।

प्रतिकृया दिनुहोस