कांग्रेसद्धारा राष्ट्रियसभाको दोस्रो बैठक अवरुद्ध

Baithak

काठमाडौँ । राष्ट्रिय सभाको आजको दोस्रो बैठक समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।
आफ्ना स्वर्गीय नेता गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको पहिलो बैठक अवरुद्ध गरेको कांग्रेसले दोस्रो बैठकमा समेत अवरोध जारी राखेको हो ।
दोस्रो बैठक शुरु हुने बित्तिकै कांग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनिहरुलाई आशन ग्रहण गर्न पटकपटक आग्रह गरे ।अध्यक्षको आग्रहलाई कांग्रेसका सांसदले अस्वीकार गरेपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक यही माघ १४ गते ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...