संवैधानिक परिषदबाट विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस

Pm ofice

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा नै संवैधानिक परिषद्ले आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

आइतबार सिंहदरबारमा बसेको परिषद्को बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा डाक्टर विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद चौधरी, मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको हो ।

परिषद् सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा आइतबारको बैठकमा उपस्थित भएनन् । परिषद् संदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संवैधानिक र कानूनी दृष्टिले निर्णय गर्नलाई बाधा नपर्ने भएकाले नामहरु सिफारिस गरिएको बताए । 

संवैधानिक परिषदले आयोगहरुका अध्यक्ष तथा सदस्यहरु नियुक्तका लागि सिफारिस गरी राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । परिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने आयोगका पदाधिकारीहरुको पदावधि ६ वर्षको हुनेछ । 

प्रतिकृया दिनुहोस