प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जाँदै, विश्वका धनीको क्लबमा नेपालको प्रवेश

Oli 1

काठमाडौं । संसारका धनी मुलुकहरुको क्बल मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक प्रवेश पाएको छ । स्विट्जरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । आज राति करिब ९ बजे कतार एयरवेजको विमानबाट प्रधानमन्त्री जान लागेका हुन् ।

विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, ठूला कम्पनीका कार्यकारी प्रमुख, आर्थिक तथा कूटनीतिक क्षेत्रका तीन हजारभन्दा बढी सहभागी हुने मञ्चमा नेपालको यो पहिलो औपचारिक सहभागितता हो ।

लामो राजनीतिक अस्थितरतापछि विकास र समृद्धिको बाटोमा पाइला चाल्दै गरेको नेपालका लागि यो स्वर्णिम अवसर भएको अर्थशास्त्रीहरुको भनाइ रहेको छ ।

विश्वका धनी राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने मञ्चको ५० वर्षे इतिहासमा नेपालले प्रवेश पाउनु आफैंमा सकारात्मक भएको पूर्वअर्थसचिव डा. शान्तराज सुवेदी बताउँछन् ।

सातदिने भ्रमणमा मञ्चको बैठकको साइडलाइनमा विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग महत्वपूर्ण भेटघाट हुनसक्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

डाभोस फोरम आर्थिक विषयवस्तुमा बहस, मन्थन गर्ने महत्वपूर्ण संस्था भएकाले हाम्रा विकासका अनुभव र आकांक्षाबारे सुनाउन पनि सो मञ्च उपयुक्त हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ छ ।

प्रधानमन्त्रीको नेतृत्वमा बैठकमा भाग लिन जाने २० सदस्यीय टोलीमा प्रधानमन्त्री ओली, प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत छन् । बैठकमा जर्मनीका चान्सलर एन्जेला मर्केल, जापानका प्रधानमन्त्री शिन्जो आबे, स्विटजरल्याण्डका राष्ट्रपति उएली माउरर, ब्राजिलका राष्ट्रपति जाइर बोल्सारो, चीनका उपराष्ट्रपति वाङ छिसान लगायतले भाग लिने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...