नेपालले आज थाइल्याण्डको सामना गर्दै

Criket mahila

काठमाडौं । थाइल्याण्डमा जारी महिला टि–ट्वान्टी स्म्यास क्रिकेटको फाइनलमा नेपालले आज घरेलु टोली थाइल्याण्डको सामना गर्दैछ । समूह चरणमा अपराजित रहदै फाइनल पुगेको नेपाली टोलीले आज आयोजक तथा घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो ।

नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२ः१५ मा सुरु हुनेछ । लामो समय उपाधी विहिन बन्दै आएको महिला क्रिकेट टोलीलाई उपाधि जित्ने सुनौलो अवसर छ ।

थाइल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल उपाधी जित्ने लक्ष्यमा हुनेछ । तर घरेलु समर्थकको साथ पाएको थाइल्याण्डविरुद्ध नेपाललाई जीतको लागि चुनौती भने रहेको छ । समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।

हिजो भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गरेसँगै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

प्रतिकृया दिनुहोस