संसदको मर्यादालाई थिचोमिचो गर्न नसक्ने प्रधानमन्त्रीको भनाइ

Pm oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत हुँदैमा संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने बताएका छन । आज व्यवस्थापिका संसदमा काँग्रेस सांसद गगनकुमार थापाले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले डा गोविन्द केसीको १६ औँ अनशनका विषयमा एक जना अनशन बसेपछि देशै ठप्प हुने कानुनी विधिले लोकतन्त्र नचल्ने बताएका हुन् ।

सांसद थापाले प्रतिनिधिसभाको बैठकमा केसीसँगको सम्झौता पालना किन नभएको भनी सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने ‘बहुमत छ भन्दैमामा संसदलाई आदेश दिन सक्दिनँ, संसदको निर्देशन पालना गर्छु ।’ १६औँ अनशन जारी रहेको प्रति आफू जानकार रहेको भन्दै प्रधानमन्त्री ओलीले एक जना अनशन बसेपछि देशै ठप्प हुने अवस्था आउन नहुने धारणा राखे ।

केही नेपाली नागरिकहरूले ५० अर्ब रुपैयाँ भन्दा धेरै स्विटजल्र्याण्डको बैंकमा राखेको पाइएको प्रति उठेको प्रश्नमा प्रधानमन्त्री ओलीले सत्यतथ्य छानबिन गर्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल जलमार्ग र रेलमार्गको विकासमा अघि बढिरहेको दाबी गरे । कोलकाता बन्दरगाह पुग्न एकडेढ सय किलोमिटरमात्र बाँकी हुनेगरी जलमार्गको विकास हुने उनले जानकारी दिए । वीरगञ्ज–काठमाडौँ रेलमार्गबारे भारत सरकार र केरुङ–काठमाडौँ रेलमार्गका लागि चीनसँग काम अघि बढिरहेको प्रधानमन्त्रीको भनाइ छ । सांसदले नै सोधेको संविधान संसोधनको प्रश्नमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यको आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस