राजपा नेपालको संयोजक महेन्द्र राय यादव बन्ने

Mahedra ray yadav mwefgvmrqa

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयोजक महेन्द्र राय यादव बन्ने भएका छन्। राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरपछि गत मंसिर ५ गतेबाट राजेन्द्र महतो संयोजकको जिम्मेवारीमा रहेका थिए।

महतोको संयोजक पदको दुई महिने कार्यकाल समाप्त हुन लागेपछि यादव संयोजक बन्ने पक्का भएको बताइएको छ। राजपाको शुक्रबार बस्ने बैठकले अब अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायलाई संयोजकको जिम्मेवारी दिने तयारी भएको राजपाका एक केन्द्रीय नेताले जानकारी दिए।

मधेस केन्द्रित ६ पार्टी बीच एकता पश्चात राजपा नेपालमा ६ सदस्य अध्यक्ष मण्डल गठन गरिएको छ र ६ जना मध्ये एकजनालाई संयोजक दिने प्रावधान रहेको छ।

राजपाका एक केन्द्रीय नेताका अनुसार पार्टी एकीकरण भएको लामो समयसम्म महन्त ठाकुर नै अध्यक्ष मण्डलका संयोजक भएपछि पछिल्लो समय दुई महिने कार्यकाल रहने गरी चक्रीय प्रणाली लागू गरिएको छ।

गत मंसिर ४ गते बसेको राजपा नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठकबाट राजेन्द्र महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...