राप्रपाले बनायो मेचीकाली राष्ट्रिय स्वाभिमान सम्पन्न गर्न समिति

Ra pra pa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ देखि सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई सफल पार्न तयारी तीव्र बनाएको छ । त्यसका लागि विभिन्न समिति र उपसमिति पनि बनाएको छ ।

राप्रपाले सो अभियान व्यवस्थित र उपलब्धीमुलक बनाउन अध्यक्ष कमल थापाको संयोजकत्वमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, विभागका प्रमुखहरु, भातृ संगठनका अध्यक्षहरु, जिल्ला अध्यक्षहरु रहेको मुल आयोजक समिति गठन गरेको छ । राप्रपाले मुल समितिअन्तर्गत रहने गरी विभिन्न १८ वटा उपसमितिहरु पनि गठन गरेको छ ।

बुधबार बसेको केन्द्रिय समितिको बैठकले मुल आयोजक समितिको सदस्य सचिवमा केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठलाई बनाएको छ । सो बैठकले बाह्य जिल्ला परिचालन समितिको संयोजकमा भास्कर भद्रा, सदस्य सचिवमा विशेश्वर शर्मा सुवेदी, अर्थ समितिको संयोजकमा उद्धव पौडेल, सदस्य सचिवमा तिर्थलाल चटौत, प्रचार प्रसार समितिको संयोजकमा मोहन श्रेष्ठ, सदस्य सचिवमा सुजित केसी रहेका छन् ।

झाँकी निर्माण तथा गाडी व्यवस्थापन समितिको संयोजकमा इन्द्र चित्रकार भोजन व्यवस्थापन समितिको संयोजकमा भक्ति सिटौला, सदस्य सचिवमा विनोद भारती कार्यक्रम व्यवस्थापन तथा सभा संचालन समितिको संयोजकमा राजाराम बर्तौला, सदस्य सचिवमा रमानन्द न्यौपाने, आवास ब्यवस्थापन समितिको संयोजकमा राजेश गिरी, सदस्य सचिवमा अम्बिका अधिकारी, उपत्यका परिचालन तथा समापन समारोह समितिको संयोजकमा विक्रमबहादुर थापा सदस्य सचिवमा नवराज सिंखडा, सामाजिक संजाल परिचालन समितिको संयोजकमा भरतप्रसाद पाठक, सहसंयोजकमा बिजय खड्का, सदस्य सचिवमा श्रीधर सुवेदीलाई तोकेको छ ।

त्यसैगरी धार्मिक अनुष्ठान संचालन समितिको संयोजकमा पुष्पराज पुरुष, सदस्य सचिवमा सुजन अधिकारी, साँस्कृतिक तथा भजन व्यवस्थापन समितिको संयोजकमा राज सागर, सदस्य सचिवमा गोविन्द डंगोल, उद्घाटन समारोह व्यवस्थापन समितिको संयोजकमा तेज कुरुम्बाङ, सदस्य सचिवमा अमृत सवादेन, ट्राफिक व्यवस्थापन समितिको संयोजकमा उद्धव थापा, सदस्य सचिवमा हरिहर श्रेष्ठ, आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समितिको संयोजकमा राजेन्द्र अधिकारी, सदस्य सचिवमा विष्णु बजगाई, कलश शोभा, यात्रा व्यवस्थापन समितिको संयोजकमा कुन्तीकुमारी शाही, सहसंयोजकमा निना भेटवाल, स्वयंसेवक एवं युवा परिचालन समितिको संयोजकमा प्रकाश रिमाल, सहसंयोजकमा केदार धमला, सदस्य सचिवमा महेशबहादुर सिंह, बौद्ध धर्म समन्वय समितिको संयोजकमा लालध्वज लामा, सदस्य सचिवमा राम थोकरलाई तोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...