भावनात्मक एकता नहुँदा पार्टी फुट्यो : विवेकशील

Bibelshil fut

काठमाडौं । विवेकशील साझा पार्टीले भावनात्मक रुपमा एकता हुन नसकेका कारण नै पार्टी फुटेको निष्कर्ष निकालेको छ ।

पार्टी फुटपछि ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेकाले पार्टी फुटेको निष्कर्ष निकालेको हो ।

पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले पार्टीभित्रका कमी कमजोर सुधार गरेर अघि बढ्ने सम्भावना हुँदाहुँदै हतारमा पार्टीबाट अलग भएर उज्जल थापा समूहले गम्भीर गल्ती गरेको दावी गरे । उनले आगामी दिनमा जनतको मुद्धालाई शसक्त ढंगले अघि बढाउने निर्णय पनि केन्द्रिय समितिले गरेको जानकारी दिए ।

सो बैठकले पार्टी फुटको समीक्षात्मक रिपोर्ट बनाउने जिम्मा पार्टी संयोजक रविन्द्र मिश्रलाई दिएको छ । सो बैठकले माघ १२ गते देशभरका प्रतिनिधिको राष्ट्रिय भेला बोलाउने र माघ तेस्रो साताबाट विशेष मधेस मिसन सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता आचार्यले बताए ।

केन्द्रीय समितिको बैठकले अर्को २०७६ साल फागुन १५ देखि १९ मा महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...