देउवा भन्छन् : ओली र प्रचण्डले काम बिगार्ने, मलाई दोश दिने ?

Deuwa dhangadhi

काठमाडौं । वाइडबडी जहाज खरिद प्रकरणमा नाम मुछिएपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोस व्यक्त गरेका छन् ।

वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको तर्क गरे ।

‘भर्खर प्रधानमन्त्री भएको बेला थियो । १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए । कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन । मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन’ देउवाले भने, ‘वाइडबडी अनियमितताविरुद्ध सुरुमा आवाज उठाउने म नै हुँ । यतिबेला आएर मलाई पनि जोड्नु अन्याय हो ।’

धनगढीमा पत्रकार सम्मलेलन गर्दै देउवाले आफू प्रधानमन्त्री भएका बेला १९ वटा मन्त्रालयको जिम्मेवारी रहेको तर, मन्त्रीस्तरीय निर्णयसमेत नभएको दाबी गरे । ‘सचिवस्तरीय भएको भए मलाई जानकारी छैन,’ उनले भने, ‘ओली प्रधानमन्त्री भएकै बेला खरिद प्रक्रिया अघि बढेको हो ।’

पछिल्लो समयमा आफ्नो संलग्नता रहेको भन्ने हल्ला बद्नियतपूर्ण रहेको बताउँदै उनले आर्थिक अनियमिततामा संलग्न जो सुकैलाई कारबाही हुनुपर्नेमा जोड दिए । आफ्नो जानकारी विना केही भएको भए आफूलाई थाहा नभएको उनले बताएका छन् । नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय प्रधानमन्त्री देउवासँगै भएको बेला विमान खरिदका लागि रकम भुक्तानी भएको हालै सार्वजनिक भएको थियो ।

तर, देउवाले भने विमान खरिदमा आफ्नो नाम जोड्नु अन्यायपूर्ण भएको बताएका छन् । उनले भने, ‘प्रचण्डजी प्रधानमन्त्री हुँदा नै सरकार जमानी बस्ने निर्णय गरेको छ । मैले कुनै निर्णय गरेको छैन । अनि मलाई किन दोष दिने ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...