गोविन्द केसीका माध्यमबाट द्वन्द्वकालका घटना उचाल्ने काम हुँदैछ: योगेश भट्टराई

Yogesh bhattarai prof dr govinda kc 780x405

काठमाडौं । नेकपाका नेता एवं सांसदल योगेश भट्टराईले गोविन्द केसीका माध्यमबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयत्न सुरु भएको दाबी गरेका छन्।

चिकित्सा शिक्षा विधेयकको आवरणमा डा। केसी नेपाललाई शान्ति प्रक्रिया, संविधान र बहुमतप्राप्त सरकार विरुद्धको षड्यन्त्रमा प्रयोग गर्न थालिएको भट्टराईले दाबी गरेका हुन्।

चिकित्सा शिक्षा विधेयकमा केसीले उठाएका सबै माग सम्बोधन भएको दाबी गर्दै भट्टराई अब केसी त्यही बहानामा द्वन्द्वकालका घटना ब्युँत्याउन लागि परेको दाबी गरेका हुन्।

चिकित्सा शिक्षा विधेयकबारे शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराई केसीका सबै माग सम्बोधन भए पनि पछिल्लो अनशनमा द्वन्द्वकालका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेर केसीले नाजायज काम गरेको दाबी गरेका हुन्।

बुधबारदेखि केसीले इलाममा पुगेर १६औं अनशन सुरु गरेका छन्। यसपटकको अनशनको मागमा द्वन्द्वकाल घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्नेलगायतका माग उनले अघि सारेका छन्।

‘डा। केसीको आवरणमा द्वन्द्वकालका घटनालाई उचाल्ने प्रयास सुरु भएको छ। उहाँका माग किन एकपछि अर्को गरी विषयान्तर हुँदै गएका छन् रु यो गम्भीर विषय हो,’ भट्टराईले भने।

उनले चिकित्सा शिक्षासँग सम्बन्धित रहेर डा। केसी उठाएका सबै माग सम्बोधन हुने गरी संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयकलाई अन्तिम रुप दिएको जानकारी दिए।

भट्टराईले जाजय माग सम्बोधन गरे पनि केसी नाजायज माग लिएर राजनीतिक आक्रमणमा उत्रेको आरोप लगाए। भट्टराईले भने, ‘जायज सम्बोधन गरिन्छ तर नाजायज र हामीमाथि राजनीतिक आक्रमण गर्ने खालका माग राखेर आए निष्तेज पारिन्छ।’

उनले चिकित्सा शिक्षा विधेयकमा डा।केसीले उठाएका तीन प्रश्नको औचित्य नभएको दाबी गरेका छन्। केसीका तीन सवालमा भट्टराईको जवाफ यस्तो छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...