सम्पादक विकलाई पक्राउ गरेकोमा महासंघको आपत्ति, रिहाई गर्न माग

Fnj nepal

काठमाडौं । बझाङबाट सञ्चालित साइपाल अनलाइनका सम्पादक गणेश विकलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले तत्काल रिहाई गर्न माग पनि गरेको छ ।

नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापाले जारी गरेको विज्ञप्तीमा समाचारप्रति गुनासो वा असहमति रहे त्यसको कानुनी उपचारको विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिनुलाई स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप भनिएको छ ।

स्थानीय प्रहरीको विषयमा समाचार प्रसारण गरेको भन्दै प्रहरीले पुस १९ मा सम्पादक विकलाई पक्राउ गरी साइबर क्राइमसम्बन्धी मुद्दा लगाउन काठमाडौं ल्याएको छ ।

महासंघ पत्रकार पक्राउको कडा भत्र्सना गर्दै पत्रकार विकलाई तत्काल् रिहा गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस