सडक माग्दै डडेल्धुराका बासिन्दाले कन्चनपुरका मेयरलाई ज्ञापन पत्र 

Gyapan patra 23

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका–७ मलासका वासिन्दाले कन्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।

मलासका युवा पदम बोहराको नेतृत्वमा कन्चनपुर आएको टोलीले मटेनादेखि ताराकोटसम्म निर्माण भइरहेको सडकलाई गैरीखान झिलमिला सडकसँग जोड्न सहयोग गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

धार्मिक, पर्यटकीय गन्तव्य चुनेपानीदेखि गैरीखान, मलास हुँदै झिलमिला ताराकोट खान जोडेर चक्रपथ बनाउने योजना अघि सारिएको छ । नगर प्रमुख विष्टले दुबै स्थानीय तहलाई जोड्न सडक आवश्यक भएकाले आफूले सक्दो सहयोग गर्ने बताए ।

भीमदत्त र परशुराम नगरपालिकाबीच आपसी सहकार्यका लागि समझदारी यसअघि नै भइसकेको छ ।

प्रतिकृया दिनुहोस