नेपाली कामदार लैजाने विषयमा छलफल गर्न जापानबाट प्राविधिक समूह आउने

Japan embas and labor minister g6xecvyzhs

काठमाडौं । नेपाली कामदार लैजाने विषयमा छलफल गर्न जापानबाट प्राविधिक समुह नेपाल आउने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि जापानी राजदूत एच इ मासामिची साइगोले यसबारे जानकारी गराएका हुन् ।


भेटमा मन्त्री विष्ट र राजदूत साइगोबीच पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेपाली कामदार लैजाने विषयमा छलफल भएको छ । यसको लागि जापान सरकार सकारात्मक रहेको बताउँदै राजदूत साइगोले छलफलका लागि प्रविधिक टोली नेपाल आउने बताएका हुन्

भेटमा श्रम मन्त्री विष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रक्रियालाई परदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए ।

पारदर्शी रुपमा कामदारको सीप, क्षमता र दक्षताको आधारमा छनौट हुनुपर्ने भन्दै मन्त्री विष्टले कामदार जापान जाँदा कुनै मध्यस्थता वा बिचौलियाबाट ठगी नहोस् भन्ने विषयमा आफू सजग रहेको पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस