डा. लोहनी भन्छन्, दुई तिहाईका दम्भले देश डुब्न लाग्यो

Dr lohani kailali

कैलाली । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले आफ्नो हैसियत बिर्सदै गएको आरोप लगाएका छन् ।

शनिबार कैलालीको सुख्खडमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा जनसभालाई सम्बोधन गर्दै डा. लोहनीले दुई तिहाईको दम्भका कारण सरकारले बाटो बिराउन थालेको र त्यही कारण देश बर्बादीतिर धकेलिन थालेको आरोप लगाए ।

‘देशमा भष्ट्रचार भष्ट्रचार मौलाउँदै जानु सरकार नै असफल बन्दै जानु हो’ डा. लोहनीले भने, ‘वाइड बडी खरीद प्रकरणमा भएको भ्रष्टचार लुकाउन सरकारले अहिले अनेक बहाना बनाइरहेको छ, यो एउटा भष्ट्रचारकै नमुना पनि हो ।’ उनले सरकार भ्रष्टाचारीको संरक्षण गरेको र त्यसलाइ संस्थागत गर्दै अगाडि बढिरहनुले मुलुकमा डरलाग्दो चित्र कोरिएको बताए ।

डा. लोहनीले धर्म, संस्कृति र पहिचान, राष्ट्र र राष्ट्रियता रक्षार्थ राष्ट्रवादी र प्रजातन्त्रवादीहरुको एकतामा जोड पनि दिए । जनतालाई शान्ति सुरक्षा दिन र अमनचयन कायम गर्न सरकार असफल रहेकोमा उनले कटाक्ष गरे । उनले प्रधानमन्त्रीका यावत उडन्ते गफ निरन्तर चलिरहे दुई तिहाई मतमाथि औला उठ्ने र जनताले सरकारको विकल्प खोज्ने पनि बताए ।

एराप्रपा राष्ट्रवादी जिल्ला कार्य समितिको आयोजना भएको सो भेला जिल्ला अध्यक्ष प्रेम चौधरी सभापतित्वमा भएको थियो । सो भेलामा सो भेलामा पार्टी महामन्त्री तथा सुदुरपश्चिम प्रदेशका संयोजक तीर्थ श्रेष्ठ, महामन्त्री श्याम तिमिल्सिना, केन्द्रिय सदस्यहरु कैया चौधरी, रामचन्द्र भट्ट, केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा शक्तिका केन्द्रिय अध्यक्ष राजु लोहनी लगायतले देशमा बढ्दै गएको भ्रष्ट्रचार रोक्न युवाहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।

युवा शक्ति गठन
यता, राष्ट्रिय युवा शक्तिका केन्द्रिय अध्यक्ष राजु लोहनीको अध्यक्षतामा भएको सोही स्थानमा भेलाले राष्ट्रिय युवा शक्तिको कैलाली जिल्ला कार्य समिति गठन गरेको छ । सो भेलाले कमल बमको संयोजकत्वमा २५ सदस्य कैलाली समिति गठन गरेको छ ।

जसमा आशिष भट्टराई, मनिस खरेल, भानु ओली, सन्तोष कार्की, रविन्द्र सिंह, केशव बोहोरा, अंकित केसी, राकेश खरेल, दिपकराज महतो, उमेश शर्मा, तेजबहादुर शाही, रोहितराज महतो, हरिहरदेव महतो, अतिसराज महतो, हरिदत्त कार्की, निराजन शाह, सतिस जोशी, निरज कार्की, कुन्दन भाट, दिपक राई, योगेश अवस्थी, अमर आले, सुरेश जोशी, महेश पन्त र महेश लामा छन् ।

प्रतिकृया दिनुहोस