कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत

Pm office 2

राष्ट्रियसभाको आजको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरेको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्ताव बहुमतबाट पारित भएको हो ।

प्रतिनिधिसभाले यसअघि नै यस अध्यादेशलाई स्वीकृत गरिसकेको छ । सरकारले अब सङ्घीय संसदको अधिवेशन सुरू भएको मितिले ६० दिनभित्र यस अध्यादेशलाई प्रतिस्थापन गर्न प्रतिस्थापन विधेयक ल्याउनुपर्छ ।

पुस ११ गते सङ्घीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठक बसेकाले पहिलो बैठक बसेको मितिले ६० दिनभित्र संघीय संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक पास गरिसक्नुपर्ने छ । सरकारले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण ) विधेयक २०७५ आजको बैठकमा पेश गरेको छ । बैठकले राहदानी विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ ।

राष्ट्रियसभाले २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट समानुपातिक सभासद् निर्वाचित स्वर्गीय कमला देवी शर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिकृया दिनुहोस