काठमाडौं २ मा बनायो राष्ट्रवादीले युवा संगठन

Rastrabai yuba 2

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले काठमाडौं क्षेत्र नं. २ मा भातृ संगठन राष्ट्रिय युवा शक्ति गठन गरेको छ । बिहीबार गरिएको युवा शक्तिको अध्यक्षमा सविन खड्की चयन भएका छन् ।

एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थितीमा भएको कार्यक्रममा गठन भएको युवा शक्तिको उपाध्यक्ष शिव थापा मगर, सचिव आशिष बानिया, कोषाध्यक्ष सचिन बानिया, सदस्यहरु दिपेश परियार, सुरेश शाही, लाक्पा शेर्पा, धर्मेन्द्र शाह, मनोज श्रेष्ठ, अजय मगर, छिरिङ शेर्पा, मनोज श्रेष्ठ, जीवन पाण्डे, सुनील शाह चयन भएका छन् ।

विमल अधिकारीको सभापतित्वमा बिहीबार भएको सो कार्यक्रममा पार्टी अध्यक्ष डा. लोहनी, उपाध्यक्ष तारानाथ लुईटेल, महामन्त्री श्याम तिमिल्सिना, सहप्रवक्ता जनकराज पाठक, केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा शक्तिका अध्यक्ष राजु लोहनी, उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य तेज खरेल लगायतले युवाहरुले ताते मात्रै देशको विकास हुन सक्ने कुरामा जोड दिएका थिए ।

युवा शक्तिको सहमहामन्त्री विवेक सिलवालले स्वागत गरेका सो कार्यक्रमको सञ्चालन युवा शक्तिका केन्द्रिय सदस्य तेजेन्द्र ऐरले गरेका थिए ।

प्रतिकृया दिनुहोस