‘टीकापुर घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ ’

Capturejelchalan

काठमाडौं । सरकारलाई समर्थन गरिरहेको राजपाले रेशम चौधरीलाई शपथ ग्रहण नगराए बिहीबार बसेको प्रतिनिधिसभा बैठकबाट समर्थन फिर्ता लिने चेतावानी दिएको थियो । राजपाको दवावमा रेशम चौधरीलाई शपथ गराउने तयारी भएपछि कांग्रेस चिढिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चौधरीलाई शपथ ग्रहण गराउन लागिएकोप्रति व्यंग गर्दै भने, ‘केपी ओलीको रामराज्य यस्तै हुन्छ ।’ ‘कुनै दिन प्रहरीमाथि आक्रमण गर्ने सबै अपराधी हुन् भनेर भाषण गर्ने प्रधानमन्त्री ओलीले अहिले ‘अपराधी’लाई शपथ दिलाउने तयारी गर्दैछन्’ शर्मा भन्छन्, ‘यसैलाई केपी ओलीको रामराज्य भनिन्छ ।’

शर्माले एसएसपी, दुधे बालक, प्रहरी जवानहरूको हत्याको पाप अब ओलीलाई पनि लाग्ने बताए । ‘कैलालीको नरसंहारको जिम्मा अब ओलीको काँधमा पनि आएको छ,’ शर्मा प्रतिप्रश्न गर्छन्, ‘यस्तो सरकारले लोकतन्त्र र सुशासनको जिम्मा कसरी लिन्छ ?’

प्रतिकृया दिनुहोस