सांसद रेशम चौधरी स्वतः निलम्बन हुन्छन् : कांग्रेस

Resam 1

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई सभामुख कृष्णबहादुर महराले शपथ खुवाएपछि नेपाली राजनीति पक्ष विपक्षमा बाँडिएको छ ।

कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सभामुख कृष्णबहादुर महराले शपथ खुवाएपछि केहीले संविधानविपरीत भनिरहेका छन् भने केहीले राजनीतिक मुद्दाको आड्मा सपथलाई सही सावित गर्ने कोसिस गरेका छन् ।

चौधरीलाई शपथ ग्रहण गराएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने चौधरी स्वतः निलम्बन हुनुपर्ने धारणा राखेको छ । प्रतिनिधिसभाको नियमावली २४४ भाग ३ अनुसार नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले संसदको हैसियतमा काम गर्न नपाउँने भन्दै कांग्रेसले निलम्बन गर्न माग गरेको हो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माइक्रो ब्लगिङ साइट ट्विटरमा चौधरी निलम्बन हुन्छन् कि हुन्नन् भन्दै प्रश्नसमेत गरेका छन् । प्रवक्ता शर्मा लेख्छन्, ‘प्रतिनिधिसभाको उपनियम ४ भन्छ, फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म, कैदमा बसेका सांसद स्वतः निलम्बन हुन्छन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...